मुलुकले छिटै सङ्कटबाट मुक्ति पाउनेछ : भुमिसुधार मन्त्री सुब्बा
भद्रपुर–भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नाकाबन्दीका कारण मुलुकमा देखिएका सङ्कट छिट्टै अन्त्य भई सहज वातावरण बन्ने बताएका छन् ।
मालपोत कार्यालय भद्रपुर झापाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले मुलुकको समस्या समाधान गर्न कुटनीतिक प्रयास भइरहेकाले आम नागरिकलाई विचलित नहुन आग्रह गरे ।
मन्त्री सुब्बाले सरकारी कार्यालयबाट सम्पादन हुने कार्यमा राष्ट्रसेवक कर्मचारी चनाखो भएर जनताको काम सरल, सहज तरिकाले समयमै सम्पन्न गर्न निर्देशन दिँदै नवनिर्मित भवनले जनताको कामलाई सर्वसुलभ तरिकाले सम्पन्न गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।
उनले दैवीप्रकोप र नाकाबन्दीका कारण निराश भएका जनताका कामलाई इमान्दारीपूर्वक सम्पन्न गरी दिएमा हौसला बढ्ने भन्दै नीति, नियमले मिल्ने सबै काम गर्न कसैको आदेशलाई नपर्खन कर्मचारीलाई निर्देशन पनि ए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नवनिर्मित भवनले जनताको काममा सहज हुने बताए ।
भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अदालत झापाका न्यायधीश क्रृषिराम निरौलाले स्वच्छ सेवालाई राष्ट्रसेवक कर्मचारीले कर्मको रुपमा लिनुपर्ने सुझाव दिए । चार तले नवनिर्मित सो भवन रु दुई करोड ९१ लाख लागतमा निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण