नेपालमा भारतीय धान भित्रिएपछि किसान मारमा
जनकपुरधाम– नेपाली बजार मूल्य भन्दा सस्तोमा भारतीय धान भित्रिन थालेपछि धनुषाका किसान मारमा परेका छन् ।
बन्द हडतालको कारण उत्पादन गरेको धान सहरसम्म ल्याउन नसकेका किसानलाई भारतीय बजारबाट तस्करी भई धान नेपाल भित्रिन थालेपछि दोहरो मार परेको छ । भारतीइ धान अवैध रुपमा खुला सिमानाबाट जिल्लामा व्यापक मात्रामा भित्रिन थालेपछि मूल्य नपाउँदा किसान बाध्य भएर सस्तो मूल्यमा बेच्न थालेका छन् ।
भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसकेपछि बिचौलियालाई सस्तो मूल्यमा धान बेच्न थालेको लक्करका किसान नन्द किशोरले सुनाउनुभयो । सरकारी अनुदान नपाएका कारण महँगो लागतमा उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्दा यहाँका किसानले घाटा बेहोर्नु परिरहेको छ । नेपाल खाद्य संस्थानले धानको खरिद मूल्य नतोकिदिँदा किसानले घरमै आइपुग्ने बिचौलियालाई सस्तोमा धान बेच्ने गरेका छन् ।
अहिले व्यापारीले दलालमार्फत दैनिक ठूलो परिमाणमा धान भित्र्याउने गरेका महेन्द्रनगरका दिनेश राय बताउँछन् । “यहाँको व्यापार ७५ प्रतिशतले प्रभावित भएको छ” उनले भने । अहिले धान प्रतिक्विन्टल रु एक हजार ८०० का दरले बिक्री भइरहेको छ । यसवर्ष जिल्लामा ५६ हजार ३९० हेक्टरमा एकलाख ४३ हजार ६५३ मेट्रिक टन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गतवर्ष ६२ हजार २०० हेक्टरमा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण