जकार्तामा शृंखलाबद्ध आक्रमण, चारको मृत्यु, आतङ्कले डराउदैनौँ– राष्ट्रपति जोको
जकार्ता – इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृंखलाबद्ध रुपमा विस्फोट र आक्रमण भएको समाचार छ । जकार्ताको मध्य सहरमा रहेका विभिन्न देशका दूतावासहरुका साथै संयुक्त राष्ट्रसंघीय कार्यालयको नजिक पारेर ती विस्फोट र बन्दुक हमला भएका छन् । साथै सहरको मध्य भागमा रहेको एक क्याफे लगायतका स्थानलाई पनि हमलाकारीले निशाना बनाएको प्रारम्भिक रुपमा देखिएको बताइएको छ । ती आक्रमणमा परी चार जनाको ज्यान गएको पुष्टि भएको छ । हमलाको बारेमा पूर्ण विवरण आइसकेको छैन । प्रहरीले त्यस आक्रमणमा सम्लग्नहरुलाई खोजी गरिरहेको जनाएको छ ।
घटनाको अनुसन्धान सुरु भएको र थप विवरणहरु प्राप्त नभएका जनाइएको छ । यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर पनि सरकारी सुरक्षा अधिकारीहरुले भने यसमा आइएसको सम्लग्नताको आशङ्का गरिरहेका जनाइएको छ । इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले इन्डोनेसियामा बिहीबार भएको विस्फोटको घटना आतङ्कवादी क्रियाकलाप भएको बताए । राष्ट्रपति जोकोले यस्ता क्रियाकलापबाट इन्डोनेसिया र इन्डोनेसियाली नागरिक नडराउने पनि स्पष्ट गर्नुभएको राजधानी जकार्ताबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
इन्डोनेसियामा बिहीबार शृंखलाबद्ध विस्फोट भएको र एक ठाउमा भने बन्दुकधारीले नै हमला गरेका जनाइएको थियो । सो विस्फोटमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । सो हमलामा अरु कैयौँ घाइते पनि भएका छन् । यस विस्फोटलाई आतङ्कवादी कार्य भन्दै उनले यस्ता आतङ्ककारी क्रियाकलापबाट इन्डोनेसिया कहिल्यै पनि पराजित नहुने बताए ।
उनले सबै नागरिकलाई शान्त र संयम रहन पनि आग्रह गरे । देशमा सार्वजनिक शान्ति र सुव्यवस्था खल्बलाउने तत्वले यस्तो विस्फोट गराएको बताए । यस्तो आतङ्कबाट इन्डोनेसियाली सरकारलाई आफ्नो देश र जनताको सुरक्षा प्रदान गर्ने काममा कुनै पनि अवस्थामा बिचलित नबनाउने पनि उनले बताए । यस आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण