दाङमा तीन जनाको मृत्यु
दाङ–दाङको वटलपुरमा अज्ञात समुहको आक्रमणबाट १ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाईते भएका छन्. । तुलसीपुर नगरपालीका वडा नम्वर ११ बटवलपुरस्थित मायाँलु सामुदायीक वनमा गयराती साँढे ११ बजेतिर ५ जना युवाहरुमाथि एक समुहले आक्रमण गरेको थियो । तुलसीपुरको नयाँबसपार्कमा ढलान गरि घरतर्फ फकर्दै गरेका बटवलपुरका २५ वर्षीय श्रीजन चौधरी, २५ वर्षीय बिजय चौधरी, ३५ वर्षीय गोपीलाल चौधरी, २२ वर्षीय गौरव चौधरी र १८ वर्षीय कवीराम चौधरीमाथि आक्रमण भएको थियो । त्यसैगरी दाङको अर्कोखबर अनुसार लमहीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ । पूर्व पश्चिम राजमार्गको लमही–भालुवाङ्ग सडक खण्डमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको ना १ ख २४६१ नम्वरको ट्रकले पूर्ववाट पश्चिम आउँदै गरेको लु ४ प ६२७३ नम्वरको मोटरसाइकललाई लमही नगरपालीका वडा नंं–८ अर्नहवामा ठक्कर दिदाँ लमही नगरपालीका वडा नं.–६ मजगाउँ निवासी १४ वर्षीय विकास चौधरी र लमही नगरपालीका वडा नं.–६ मजगाउँ निवासी १४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिएका छन् । त्यसैगरी दुर्घटनामा परी मोटरसाईकल चालक लमही नगरपालीका वडा नं.–६ मजगाउँ निवासी ३० वर्षीय यमराज चौधरी गम्भिर घाइते भएका छन् । घाईतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण