महाराजगन्जका प्रहरी हवल्दारविरुद्ध अख्तियरमा मुद्दा
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी हवल्दार सीताकुमारी केसीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको अभियोग लगाई विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार केसीले बढुवा प्रयोजनका लागि पेस गरेको माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट सन् २००३ मा माध्यमिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र अनुसन्धान गर्दा नक्कली फेला परेको हो । आयोगले हवल्दार केसीलाई हदैसम्मको कारबाहीको माग दाबी गरेको छ ।
घुस लिँदालिँदै सबइन्जिनियर पक्राउ
आयोगले नवलपरासी कावासोतीका विभिन्न स्थानको सडकमा कल्भर्ट निर्माण गर्ने कार्यमा लागत मूल्याङ्कन गर्ने सबइन्जिनियर मनोज यादवले रु ३० हजार घुस लिँदालिँदै थलामा नै पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिँदालिँदै यादवलाई जिल्ला प्राविधिक कार्यालयबाटै घुस रकमसहित पक्राउ गरिएको प्रवक्ता पुष्करले जानकारी दिए । सेवाग्राहीसँग घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले यादवलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण