काँग्रेसमा पक्ष विपक्ष दुवैलाई मिलाएर लैजान्छु : नेता देउवा
पोखरा– नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा पक्ष विपक्ष दुवैलाई आफूले मिलाएर लैजाने बताएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बुधबारदेखि जारी दुई दिवसीय संविधान सम्मत नीति र विधान विषयक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा उनले पार्टीभित्रको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले यसमा जित्नेले हार्नेलाई लिएर र हार्नेले जित्नेलाई साथ दिएर अघि बढ्नुपर्ने धारणा राखे ।
पार्टीभित्रको पक्ष विपक्षलाई गुटबन्दी भन्न नमिल्ने उल्लेख गर्दै उहाँले पार्टीलाई एकजुट बनाउने मुख्य जिम्मेवारी जित्नेको हुने बताए । पार्टीमा पक्ष र विपक्षको सन्तुलन भएमा सङ्गठन बलियो बन्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद कमला पन्तले पार्टी निर्वाचनमुखी नबनी नीति र कार्यक्रममुखी हुनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य एवम् सांसद अर्जुन जोशीले पार्टीमा कार्यकर्ताको सही मूल्याङ्कन नहुँदासम्म पार्टी सङ्गठन सबल बन्न नसक्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य एवम् सांसद रत्ना शेरचनले संविधान जारी भइसकेपछिका चुनौतीलाई सामना गर्न काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली काँग्रेस, कास्कीका सभापति एवम् सांसद यज्ञबहादुर थापाले कस्तो बन्यो संविधान रु सद्भाव र एकताको अभियान भन्ने नाराका साथ आयोजित प्रशिक्षणबाट प्रदेश नं ४ का नेपाली काँग्रेसका क्रियाशील व्यक्तिलाई महत्वपूर्ण फाइदा भएको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न जिल्लाका सभापति एवम् सांसद हरि घले, प्रकाश शर्मा, रेशमबहादुर बानियाँ, महाधिवेशन प्रतिनिधि कल्पना गिरी, क्षेत्रीय सभापति दुर्गाबहादुर रानालगायतले लामो समयको सङ्घर्षबाट प्राप्त संविधानले प्रत्येक वर्ग, जातजाति र समुदायका भावनालाई समेटेको बताउँदै यसको कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी काँग्रसको भएकोमा जोड दिए ।
प्रशिक्षणमा प्रदेश नं ४ अन्तर्गत नेपाली काँग्रेसका जिल्ला सभापति, क्षेत्रीय सभापति र निर्वाचन क्षेत्रअन्तर्गतका महिला महासमिति सदस्यको सहभागिता थियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यका अनुसार प्रतिष्ठानले यस किसिमको प्रशिक्षण प्रदेश नं ७ अन्तर्गत धनगढीमा गत पुस ८ गते, प्रदेश नं १ को विराटनगरमा पुस २३ र २४ गते गरिसकेको छ ।
आगामी माघ ३ र ४ गते प्रदेश नं ५ को दाङ घोराइमा र माघ ६ र ७ गते प्रदेश नं ६ को सुर्खेतमा अभिमुखीकरण एवम् प्रशिक्षण गर्ने तय भइसकेको छ ।
प्रदेश नं २ र ३ मा भने कार्यक्रम तय गर्न बाँकी रहेको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण