राजनीतिका सिफारिसका आधारमा सरकारले गरेको मुद्दा फिर्ताको निर्णय बदर
काठमाडौँ–सर्वोच्च अदालतको संवैधानिक इजलासले राजनीतिक दलको सिफारिसका आधारमा सरकारले गरेको मुद्दा फिर्ताको निर्णयलाई बदर गर्ने आदेश दिएको छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठतम न्यायाधीश सुशीला कार्की, न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले मुद्दा फिर्ता लिने भनी मन्त्रिपरिषद्बाट गरिएको निर्णय र सोसम्बन्धी कामकारबाही संविधान, प्रचलित कानुको व्यवस्था, अदालतले प्रतिपादन गरेको नजिर सिद्धान्त र मन्त्रिपरिषद्ले सो सम्बन्धमा बनाएको आफ्नै मापदण्ड अनुरुप नभई राजनीतिक दलको सिफारिसमा नितान्त राजनीतिक आधारमा स्वेच्छाचारी र भेदभावपूर्वक भएको देखिएकाले उक्त निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर गरेको छ ।
त्यस्तै विभिन्न अदालतमा विचाराधीन त्यस्ता मुद्दा कानुन बमोजिम कारबाही र किनारा गर्नू भनी परमादेशको आदेश समेत उक्त इजलासले दिएको छ । अधिवक्ता माधव बस्नेत र प्रकाशमणि शर्मालगायतले दायर गरेको रिट निवेदनमा सो आदेश भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण