मेवा खोला लजविद्युत् चैतभित्रमा सञ्चालन हुने
खोटाङ– जिल्लामा निर्माणाधीन मेवा खोला जलविद्युत् आयोजना आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । गत भदौमा सञ्चालन गर्ने तयारीका साथ निर्माणको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेकाले चैतभित्रमा सञ्चालन गर्ने तयारी गरिएको हो ।
करिब रु ३० करोडको लागतमा सम्पन्न हुने जलविद्युत् आयोजनाका लागि कुलो तथा ड्याम निर्माण, विद्युत् गृह निर्माण, ह्युम पाइप जडान, वाइरिङलगायतका काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ललितकुमार राईले बताए । लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गर्न लागिएको विद्युत् केन्द्रीय प्रसारण लाइनको बुइपा सवस्टेसनमा जोड्न पोल गाड्ने काम पनि सुरु गरिएको छ ।
विद्युत् आयोजनाका लागि सानिमा र बैंक अफ काठमाण्डूको ७० प्रतिशत तथा उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ । बैंकले लगानी गर्ने ७० प्रतिशत रकममध्ये सानिमाले ६० र बैंक अफ काठमाण्डूले ४० प्रतिशत लगानी गरिसकेको आयोजनाका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । “विद्युत् आयोजना सञ्चालन भएपछि जिल्लाका उपभोक्ताले विद्युत्भार कटौतीको मार खेप्नु पर्दैन ।” उनले भने– “विद्युत्भार कटौती मुक्त भएसँगै जिल्लामा उद्योगलगायत अन्य विकासका काममा समेत सघाउ पुग्ने छ ।”
विद्युत्भार कटौतीको मार खेपिरहेका जिल्लावासी चैतभित्रमा मेवा खोला जलविद्युत् सञ्चालन हुने कुराले हर्षित भएका छन् । विद्युत् आयोजना उत्पादनको काम २०७० सालबाट सुरु भएको थियो ।
अठारौँ जिल्ला परिषद्ले जिल्लालाई विद्युत्भार कटौती मुक्त बनाउने योजना पारित गरेपछि जिल्लामा विद्युत् विस्तारका काम द्रुत गतिमा भइरहेको छ । मेवा खोलाबाहेक जिल्लामा साना ठूला गरी झन्डै डेढ दर्जन लघुजलविद्युत् योजना सञ्चालनमा छन् ।
जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् ३८ गाविसका ११ हजार घरधुरीले उपभोग गरिरहेका छन् । ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका अन्य गाविसमा समेत विस्तार गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण