जनताको नाममा जनतालाई नै दुःख दिने काम नगर्न आग्रह
धादिङ–पशुपक्षी विकास मन्त्री शान्ता मानवीले जनताको नाममा जनतालाई नै दुःख दिने गरी भइरहेको मधेस आन्दोलनबाट देशको आर्थिक विकासमा प्रतिकूल प्रभाव परिरहेकाले वार्ताबाट समस्याको समाधान खोज्न मधेसवादीहरुसँग आग्रह गरेका छन् ।
राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको धादिङबेँसीमा आयोजित दोस्रो राष्ट्रिय परिषद्को उद्घाटन गर्दै मन्त्री मानवीले किसानलाई आत्मनिर्भर र स्वाभिमान बनाउने काममा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अहिले संविधानको कार्यान्वयन र भूकम्पबाट पीडित जनताको पीडा कम गर्न पुनःनिर्माण र पुनःस्थापनाको काममा सबै मिलेर काम गर्नुपर्ने बेला रहेकाले त्यसैमा सहभागी हुन अपिलसमेत गरेका थिए ।
महासङ्घका अध्यक्ष उद्धव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, जिविसका पूर्व सभापति, प्रजिअ, महासङ्घका सल्लाहकारलगायतका वक्ताहरुले आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरुले कृषि प्रधान देश भनिए पनि अन्यत्रबाट कृषिजन्य वस्तु आयात गर्नु परिरहेको र युवा शक्ति विदेश पलायन भएका कारण खेतबारी बाँझो राख्ने अवस्थासमेत सिर्जना भएको सन्दर्भमा मन्त्रीको ध्यान आकर्षित गराई कृषिलाई मर्यादित पेसाका रुपमा विकास गर्नका लागि समय सान्दर्भिक कृषि नीति तर्जुमा गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण