आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बसको यात्रुको बेहोस भई मृत्यु

सोमबार, ०४ माघ २०७२, ०८ : ४९
सोमबार, ०४ माघ २०७२
वालिङ– बसमा यात्रा गर्ने क्रममा बेहोस भएका एक युवकको आइतबार ज्यान गएको छ । बुटवलबाट स्याङ्जाको राङखोला जाने भनेर ना २ ख ९७२० नम्बरको बसमा यात्रा गरेका अन्दाजी ४० वर्षीय व्यक्तिको उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए । “बुटवलबाट विरामी अवस्थामा रहेका उक्त ब्यक्ति राङ्खोला जाने भनेर बसमा चढेका हुन्”, बसका कन्डक्टरले भने, “गल्याङ आउँदा सिटबाट खसेका उनलाई फेरि सिटमा राखेर वालिङसम्म ल्यायौँ ।” बेहोस अवस्थामा रहेका ती युवकलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा केही छिनमा उनको ज्यान गएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरालले बताए । ब्राह्मण÷क्षत्रीजस्तो देखिने गहुँगोरो अन्दाजी ४० वर्षको, बायाँ कानमा सुनको मुन्द्रा लगाएको, कालो जिन्स पाइन्ट, खैरो स्वीटर लगाएको उक्त व्यक्तिको साथमा परिचय खुल्ने कुनै कागजपत्र नभएकाले शवलाई अहिले शवगृहमा राखिएको छ । शवको सनाखतका लागि अहिले सम्भावित स्थलमा फोन तथा पत्राचार सुरु गरिएको प्रहरी निरीक्षक बरालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप