हत्या अभियोगमा १६ वर्षका ७ किशोरसहित ८ जना पक्राउ
तनहुँ– प्रहरीले १६ वर्षीय ७ जना किशोरसहित ८ जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ । कोटदरवार गा.वि.स. वडा नं. १ घर भई ब्यास नगरपालिका २ बस्दै आएका १६ वर्षीय दिनेश थापाको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले १६ वर्षका ७ किशोरसहित ८ जनालाई पक्राउ गरेको सोमबार सार्वजनिक गरेको हो । पक्राउ गर्नेमा १६ वर्षका किशोरहरु व्यास.न.पा वडा नं.१ का चिंकु भन्ने अरुण आले, याम भाई भन्ने अमिस्वर आले , ताक्ले भन्ने ब्रम्हदेव चन्द , प्रेम आले , दालभुडे भन्ने विशाल रुचाल, टाटे भन्ने विपिन गुरुङ , वडा नं.२ का कैदी भन्ने प्रदिप थापा , र सोलुखुम्वु लोखिम गा.वि.स. का फुच्चे भन्ने २० वर्षीय प्रबिण राई रहेका छन् । मृतक थापाका बाबु नारायण थापाले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियुक्तहरुले वर्ष १७ का रेगन सिंह थापा र मृतक दिनेश थापालाई गत माघ २ गते धारिलो हतियार प्रहार गरी घाईते वनाएका थिए । जसमध्ये थापाको दमौली अस्पतालमा उपचारको क्रममा सोहि दिन मृत्यु भएको थियो भने घाइते सिंहको अहिले पनि पोखरास्थित हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहका अनुसार थापाको जाहेरीसँगै प्रहरीले अनुसन्धानको सिलसिलामा विभिन्न संकास्पद ६२ जनामाथि छानविन गरिएको गरेको थियो । अनुसन्धानका क्रममा दोषी पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले दोषीहरुमाथि जिल्ला अदालतवाट कर्तव्य ज्यान मुद्धामा म्याद थप लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण