शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सातौँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि कुन–कुन नाटक छानिए ?

मङ्गलबार, १२ माघ २०७२, ११ : ३९
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं–शैली थिएटरले सातौँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि नाटकको आलेख (स्कृप्ट) छनोट गरेको छ । आउँदो फाल्गुन महिनाको दोस्रो साता रुसी साँस्कृतिक केन्द्र कमल पोखरीमा हुने महोत्सवका लागि दर्ता भएका २३ नाटक मध्येबाट १३ वटा नाटकको स्कृप्ट छनोट गरिएको हो । यस पटक समाबेश गर्न नसकिएका विद्यार्थी र विद्यालयलाई अर्को वर्षको महोत्सवमा समेटिने शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले जानकारी दिएका छन् । महोत्सवमा मञ्चन गर्नका लागि ओसिड नेपालको ‘कुमारी’, प्यराडाइस स्कुलको ‘शिशिर बसन्त’, विल्सन एकडेमीको ‘ओइलाएको फूल’ साहरा नेसनल स्कुलको ‘फालिएका हिराहरु’ नाटक छनोटमा परेको छ । यस्तै, बिद्या बिकास बोर्डिङ स्कुलको ‘अपराजिता’ आइडल उच्चमा. बिद्यालयको “टुटेको सपना’ लालिगुँरास बाटिका बिद्यालयको ‘ब्वाँसाहरु’ साँस्कृतिक सस्थान १९ औं ब्याचको ‘साँघुरो दलान’ नाटक पनि सातौँ राष्ट्रिय बाल नाटक महोत्सवमा मञ्चन हुनेछ । सरस्वतीकुन्ज उ.मा.बिद्यालयको “बिदेश मोह“श्री जनबिकास मा. बिद्यालयको ‘परिवर्तन आफैबाट’ न्यु सनसाइन स्कुलको ‘सम्बोधन’ साउथ वेस्टर्न स्कुलको ‘आमाको माया’ कन्सटलेसन एकडेमीको ‘गलत बाटो नरोजौँ’ पनि छनोटमा परेका नाटक हुन् । महोत्सवमा मञ्चन भएका १३ नाटकबाट ७ हजार रुपैँयाको शैली उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई प्रदान गरीनेछ । ५ हजार रुपैँयासहित चेखव उत्कृष्ट निर्देशन पुरस्कार र बालकोसेली उत्कृष्ट नाटक पुरस्कार एकएक जनाले पाउनेछन् । शैली प्रोत्सान पुरस्कार दुई जनालाई दिइनेछ भने सम्पुर्ण सहभागीलाई प्रमाणपत्र दिने महोत्सवका सयोजक आर्यन न्यौपानेले जानकारी दिएका छन्। यस्तै महोत्सवमा शैलीले तयार गर्दै गरेको महेश पौड्यालको अनुबादमा रुसि लोककथामा आधारीत अप्रतियोगी नेपाली नाटक “नुनको कथा“ पनि देखाइने छ । सातदिन चल्ने यस महोत्सवमा १३ प्रतियोगी र १ अप्रतियोगी गरी १४ नाटक मञ्चनहुने छन् । नाटक हेरेर मनोरञ्जन लिन विद्यार्थी, बिद्यालय र अभिभावकलगायतका नाट्य प्रेमीदर्शकलाई शैली थिएटरले निम्तो गरेको छ । महोत्सवमा२ सय ५० भन्दा बढी बालबालिका सहभागी हुने र पाँचहजार भन्दा बढी दर्शकले विभिन्न विषयका नाटक हेर्ने अपेक्षा गरीएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप