शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खलंगा पाँचकाटिया सडकको स्तरोन्नती कार्य सुरु

मङ्गलबार, १२ माघ २०७२, १२ : १९
मङ्गलबार, १२ माघ २०७२

जाजरकोट – यहाँको सदरमुकाम पाँचकाटीया सडकको सडक स्तरोन्नती कार्य मंगलवार देखी सुरु गरिएको छ । मृत सन्जिवनी खड्का कृष्ण जेभी कम्पनीले खलंगा पाँचकाटिया सडकको स्तर उन्नतीको लागी मंगलवार देखी काम सुरु गरेको कम्पनीका प्रदिप खड्काले बताए । दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने सहमती अनुसार स्तरउन्नतीको काम सुरु गरिएको हो । खलंगा पाँचकाटिया सडक खण्ड भित्र रहेको २१ किलोमिटर दुरीमा १ लाख ३६ हजार घनमिटर जमिन दुई वर्ष भित्र कटान गर्ने वताएको छ । अहिले यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् । १ करोड ९८ हजार रुपैयामा निर्माण कार्य सुरु गरिएको छ । सडकको स्तर उन्नती गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् । दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि यसै आर्थीक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने उद्योग वाणीज्य संघका अध्यक्ष कमानवहादुर खड्काले वताउनुभयो । यो सडकमा ट्याक औपन गर्दा २१ किलोमिटरमा २१ करोड भन्दा वढी खर्च भईसकेको छ । अहिले सडकको स्तर उन्नती नभएका कारण वर्षेनी यहाँका स्थानियहरु समस्यामा परेका छन् । सडक डिभीजन कार्यालय चौरजहारीका रिकेश महर्जनले तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप