शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माथिल्लो मादी आयोजनाको काम सुरु, असार मसान्तभित्र काम सकिने

मङ्गलबार, १२ माघ २०७२, १२ : ३३
मङ्गलबार, १२ माघ २०७२
पोखरा– कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो । आयोजनाका लागि इन्धनको सहज र बाहिरबाट मगाइएका उपकरण सीमा नाकाबाट आउन थालेपछि आयोजनाको काम सुरु भएको आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीको सिफारिसमा नेपाल आयल निगम गगनगौडा डिपोले दैनिक एक हजार ५०० लिटर इन्धन उपलब्ध गराउने सहमति भएको र कामका लागि आवश्यक पर्ने सिमेन्टको पनि व्यवस्था भएकाले आयोजनाको काम अब द्रुत गतिमा अघि बढ्ने बताइएको छ । आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकेको र अन्य कामसमेत गरी हालसम्म ८५ प्रतिशत काम सकेको आयोजना प्रमुख कोइरालाले बताए । आयोजनाको काम बन्द भएपछि आ–आफ्नो घर गएका प्राविधिक र कामदार पनि काममा फर्केका छन् । अब कुनै अवरोध नहुने हो भने यसै आर्थिक वर्षको असार मसान्तसम्ममा सम्पूर्ण काम सकेर विद्युत् उत्पादन गरिने बताइएको छ । पच्चीस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब रु पाँच अर्ब २८ करोड खर्च भएको छ । चाइना ‘थ्री गर्जेज’ कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुसदेखि आयोजनाको काम सुरु गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप