शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिसो सहन नसकेपछि लाङ्टाङवासी काठमाडौँ लागे

मङ्गलबार, १२ माघ २०७२, १२ : ४०
मङ्गलबार, १२ माघ २०७२

रसुवा– चिसोका कारण दैनिकी जीवन कठ्याङ्ग्रिन थालेपछि अधिकांश लाङ्टाङवासी काठमाडौँतर्फ लागेका छन् । स्थानीयवासी ग्लाल्बो तामाङका अनुसार गत वैशाखको भूकम्पले परिए, मुण्डु, घोडा तबेला, थाङसापलगायतका क्षेत्रमा रहेका घर भत्केको, बढ्दो हिमपातका कारण अस्थायी टहरो, त्रिपाल र टेन्टबाट बासस्थान असहज भएकाले तातोका लागि एक महिनाका लागि काठमाडौँतर्फ लागेका हुन् । लाङ्टाङ क्षेत्रमा अहिले चौँरी हेर्ने गोठालो र थोर बहुत मानिस भए पनि ८५ प्रतिशत भने काठमाडौँ गएको तामाङले बताए । लाङ्टाङ क्षेत्रका ११६ घरपरिवारका लागि प्रतिपरिवार चार बन्डलका दरले लुथरन र मानेकोर सोसाइटी गैससद्वारा जस्तापाताको व्यवस्थापन र हवाइमार्गबाट लाङटाङ पु¥याउने काम सम्पन्न गरे पनि भूकम्प प्रतिरोधी हिमाली क्षेत्रलाई उपयुक्त हुने डिजाइन छनोट हुन नसक्दा पुनःनिर्माणको काम अगाडि बढ्न नसकेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप