शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्रिटिस लाहुरेको सहयोगी मन

मङ्गलबार, १२ माघ २०७२, १२ : ४२
मङ्गलबार, १२ माघ २०७२
खोटाङ– बेलायती सेनाका अवकाश प्राप्त एक लाहुरेले खोटाङको एक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । खोटाङको दोर्पा चिउरीडाँडा–७ का गुमशेर राईले सोही स्थानका विद्योदय उच्च माविलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका हुन् । सो रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रुपमा प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरिने उच्च माविका प्राचार्य मनकाजी राईले जानकारी दिए । उनका अनुसार बेलायतमै बसोबास गर्दै आएका राईले विद्यालयका लागि अन्य सहयोग पनि चाँडै उपलब्ध गराउने वचन दिएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप