यातायात व्यवसायीले भाडा घटाए
म्याग्दी– स्थानीय प्रशासनले अनुगमनमा कडाइ गरेपछि म्याग्दीका यातायात व्यवसायीले भाडा समायोजन गर्ने निर्णय कार्यान्वयन गरेका छन् ।
इन्धन आपूर्ति र वितरण सहज बनेपछि गत बिहीबारदेखि लागू हुने गरी भाडा समायोजन गर्न सहमत भएका यातायात व्यवसायीले आफूखुसी भाडा असुलेका थिए । प्र्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको नेतृत्वमा आइतबार भएको अनुगमनपछि सोमबारदेखि व्यवसायीले भाडा समायोजन गर्ने निर्णय कार्यान्वयन गरेका हुन् ।
आइतबारसम्म बेनी–दरबाङ सडकमा प्रतियात्रु रु २५० भाडा लिएका व्यवसायीले सोमबारदेखि रु १७० कायम गरेका छन् । अनुगमनका क्रममा सवारी भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन नभएको पाइएपछि प्रमुख जिल्ला अधिकारी पाठकले व्यवसायीलाई निर्देशन दिएका थिए ।
प्रहरी प्रशासनले अनुगमनमा कडाइ गर्दै यात्रुबाट तोकिएको भन्दा बढी लिएको भाडा फिर्ता गराएपछि व्यवसायी पछि हटेका हुन् । बढी भाडा लिने सवारी धनीलाई कारबाही पनि गरिएको छ । प्रहरीले बेनी–दरबाङ, बेनी–जोमसोमसँगै अन्य ग्रामीण सडकमा पनि भाडादर कार्यान्वयनको विषयमा चेक र अनुगमनमा कडाइ गरेको छ ।
यातायात व्यवसायी भने भाडादर समायोजन गर्ने निर्णय कार्यान्वयन गरे पनि प्रशासन र पम्पबाट डिजेल नपाएको भन्दै आक्रोशित बनेका छन् । पम्पबाट नियमित रुपमा भाडाका गाडीलाई इन्धनको व्यवस्था गर्नुपर्ने माग म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण