शीतलहर प्रभावितलाई सेनाको आगो र चिया
मङ्गलबार, १२ माघ २०७२, १२ : ४८
जलेश्वर– सदरमुकामका शीतलहर प्रभावितहरुलाई मंगलवार नेपाली सेनाले आगोे र चियाको चुस्कीका साथ राहत दिने प्रयास गरेको छ । सदरमुकामको दुर्गाचोक, भारीटोल र प्रकौलीचोकमा सेनाले आगो र चियाको जोहो गरेको हो । विगत ३ दिन देखि जारी शितलहरका कारण सदरमुकाम र जिल्लाका ग्रामिण भेगका जनता प्रभावित रहेका वेला सेनाको सानो प्रयासले शितलहर प्रभावितहरुलाई केहि राहत महसुश भएको छ । प्रसासनको राहत प्रतिको मौनताको वावजुद पनि सेनाको कार्य भने प्रसंसनिय रहेको स्थानियहरु बताउछन् । शितलहरवाट वढी स्कुले वालवालिका र वृद्ध प्रभावित हुने गरेकोमा अस्पतालमा समेत केहिमात्रामा विरामी भने वढ्दै गईरहेको छ । यता प्रसासनले दाउराको वन्दोवस्त गर्न निर्देशन दिई सकिएको भनेपनि अझै दाउरा,न्यानो लुगा,कम्वल लगायतका चिसो छल्ने राहत सामग्री वितरण गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण