चन्दा नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिने पक्राउ
मङ्गलबार, १२ माघ २०७२, १२ : ५७
लहान– जनतान्त्रिक तराई मुक्तिमोर्चा (गोइत समूह)को कार्यकर्ता भन्दै व्यापारीसँग चन्दा सहयोग माग्ने र नदिए अपहरण गरी ज्यान गर्ने धम्की दिएको आरोपमा प्रहरीले सिरहाको लहानबाट एक जनालाई पक्राउ गरेको छ ।
आफूलाई गोइत समूहका कार्यकर्ता भनी सिरहाको लहान नगरपालिकाका स्थानीय व्यवसायीसँग आर्थिक सहयोग माग माग्ने र नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएका लहान नगरपालिका–८ निवासी विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यापारीसँग चन्दाका लागि धम्की दिने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपालिका–३ स्थित पूर्व बस स्टप छेउबाट पासवानलाई पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले दिए ।
पक्राउ परेका पासवानसहितको दुई÷तीन जनाको समूहले चन्दा नदिएको भन्दै लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पताल अगाडिबाट सोही अस्पतालका सञ्चालक पशुपति चौधरीलाई केही दिन अघि अपहरण गर्ने प्रयास गर्दा गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि फरार भएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
उक्त घटनापश्चात् पासवानसहितको समूहलाई खोजी गर्दै जाँदा पासवान लहानबाट पक्राउ परेको र अन्य अभियुक्तको खोजी भइरहेको छ । पक्राउ परेका पासवानमाथि अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण