सांसदले हाँकेको कार दुर्घटनामा, सांसदसहित चार घाइते
तनहुँ– काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको एक कार आज बिहान तनहुँको घाँसीकुवा गाविस–२ देउरालीमा दुर्घटना हुँदा व्यवस्थापिका संसदका सांसदसहित चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार बा८च ७५९१ नंको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खस्दा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा माओवादीबाट सांसद बनेका काठमाडाँै महानगरपालिका हात्तीवन निवासी ५५ वर्षीय महेन्द्र शाहीसहित कारमा सवार चारैजना घाइते भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा सांसद शाही सामान्य घाइते भएका छन् ।
उक्त दुर्घटनामा परी सोही स्थान निवासी १८ वर्षीया माधुरी मगरको टाउँको र ढाडमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसैगरी सोही स्थान निवासी १६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही सामान्य घाइते भएका छन् । दुर्घटनामा परी घाइते चारैजनाको दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तत्कालै पोखरास्थित मणिपालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त कारका चालक सांसद शाही नै भएको बुझिइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण