शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस भद्र सहमतिमा फर्किए राष्ट्रिय सरकार बन्छः पोखरेल

मङ्गलबार, १२ माघ २०७२, १३ : ४९
मङ्गलबार, १२ माघ २०७२
उदयपुर– नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपाली काँग्रेस पुनः भद्र सहमतिमा फर्किए काँग्रेसको महाधिवेशनपछि काँग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले अब फागुनपछि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेको र त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहभागी गराउन एमाले तयार रहेको स्पष्ट गरे । अहिले संविधान संशोधनबाट मधेसी जनताको भावनकाको कदर गरिएको जिकिर गर्दै उनले मधेसी मोर्चाका केही माग भने पूरा हुन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप