शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीको मध्यबानेश्वरमा पत्रकारमाथि आक्रमण

मङ्गलबार, १२ माघ २०७२, १३ : ५९
मङ्गलबार, १२ माघ २०७२
काठमाडौँ– नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सदस्य हिरालाल विश्वकर्मामाथि गए राति भएको आक्रमणको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । ‘हिमालय टाइम्स’ दैनिकमा कार्यरत पत्रकार विश्वकर्मामाथि कार्यालयबाट घर फर्कने क्रममा सोमबार राति ९.३० बजे मध्यबानेश्वरमा केही अज्ञात व्यक्तिले आक्रमण गरेको युनियनका महासचिव अजयबाबु शिवकोटीद्वारा आज जारी जिज्ञप्तिमा जनाइएको छ । पाँच–छ जनाको सङ्ख्यामा रहेका आक्रमणकारीले विश्वकर्मालाई पछाडिबाट आक्रमण गरी लडाएपछि उनका साथमा रहेको पर्स, केही रकम र महत्वपूर्ण कागजात समेत लुटेर लगेको विज्ञप्तिमा उल्लेख छ । घाइते विश्वकर्मालाई राति नै अस्पताल लगिएको र उनलाई केही दिनका लागि आराम गर्न चिकित्सकले सल्लाह दिएको जनाइएको छ । युनियनले दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप