कांग्रेस सभापति कोइरालाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई
काठमाडौँ– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भारतको ६७औँ गणतन्त्र दिवसका अवसरमा आफ्नो दल, यसका सदस्य र आफ्नैतर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकार, त्यहाँका राजनीतिक दल र भारतीय जनताप्रति बधाई दिएका छन् ।
भारतीय प्रधानमन्त्रीलाई आज सन्देश पठाउँदै व्यवस्थापिका–संसद्मा प्रमुख विपक्षी दलका नेता कोइरालाले नेपाल र भारतबीच आपसी समझदारी, सद्भावना र सहयोगमा आधारमा सरकारी र जनस्तरमा बहुआयामिक सम्बन्ध रहेको बताउँदै बर्सौं पुरानो यो सम्बन्ध आउँदा वर्षमा अझ फराकिलो र गहिरो हुने विश्वास व्यक्त गरेका छन् ।
“शान्ति र स्थिरताको जग बनाउनका लागि प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउन भारतले गरेको निरन्तर सहयोगलाई हामी सम्झन्छौँ र नेपाली जनताको इच्छानुसार सम्पूर्ण प्रजातान्त्रिक राज्यव्यवस्थाको ढाँचाभित्र रही सामाजिक–आर्थिक रुपान्तरणलाई जारी राख्छौँ”–सन्देशमा भनिएको छ ।
नेता कोइरालाले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको निरन्तर कामना पनि गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण