शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस आन्दोलन जारी रहन्छः उपेन्द्र यादव

मङ्गलबार, १२ माघ २०७२, १६ : २८
मङ्गलबार, १२ माघ २०७२

विराटनगर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्ताव पारित भएपनि त्यसले मधेशी मोर्चाको मागलाई नसमेटेकाले आन्दोलन जारी रहने बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले मधेशी मोर्चाको मागप्रति सरकार र मुख्यदल गंभिर नभएकाले आन्दोलनको विकल्प नभएको बताए ।

उनले मधेशी मोर्चाको मुख्य माग प्रदेशको सिमाकंन भएकाले यो विषय नटुग्याइकन सहमती नहुने बताए । उनले मोर्चाको मुख्य मागनै प्रदेशको सिमाकंन भएकाले यो विषयलाइ थाती राखेर अरु विषयमा सहमती जुटन नसक्ने बताए ।

मधेशी मोर्चा वार्ताका लागि लचक भएपनि शान्ती पुर्ण आन्दोलनमा सरकारले दमनगर्न खोजेर वार्ताको माहोल विगारेको उनको भनाइ थियो । उनले वार्तावाटै समस्याको समाधान खोज्न मोर्चा तत्पर रहेकाले वार्ताको सहज वातवरण नभएसम्म वार्तामा वस्नुको कुनै अर्थ नरहने बताए । आन्दोलनको स्वरुप परिवर्तन भएपनी माग पुरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइृ थियो । विगतमा भएको सहमती सम्झौता कार्यान्वयन गर्न समेत दलहरुलाइ आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप