शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिबिएका बिद्यार्थीद्धारा क्याम्पसमा तालाबन्दी

मङ्गलबार, १२ माघ २०७२, १६ : ३०
मङ्गलबार, १२ माघ २०७२

विराटनगर– महेन्द्र मोरङ बहुमुखि क्याम्पस बिराटनगरका बिबिएमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रशासनले हरेक बर्ष शुल्कमा वृद्धि गरेपनि कलेजको भौतिक सुविधा र शैक्षिक विकासका लागि केहि नगरेको आरोप लगाउँदै आन्दोलीत भएका बिबिएका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । बिबिएमा भर्ना हुँदा २ लाख ६० हजार वार्षिक शुल्क भनेर भर्ना लिएपनि अहिले कुनै सेवा सुविधा र शैक्षिक विकास नगरि शुल्कमा वृद्धि गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ । उनिहरुले बिबिए पढ्न चाहिने कुनै भौतिक पुर्वाधार, शैक्षिक वातावरण नबनाई क्याम्पस प्रशासनले पैसा मात्रै असुली गर्न शुल्क बृद्धि गर्दै आएको आरोप समेत लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप