शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीको नाममा फेक फेसबुक आइडी

मङ्गलबार, १२ माघ २०७२, १६ : ५४
मङ्गलबार, १२ माघ २०७२
काठमाडौं, माघ १२– प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा फेक फेसबुक आइडी बनाइएपछि उनको सचिवालयले आफ्नो ध्यानाकर्ष भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको नाममा कुनै पनि व्यक्रिगत तथा फिसियल फेसबुक खाता नभएको स्पष्ट पारेका छन् । हाल केपी ओली, पीएम केपी ओलीलगायतको नाममा उनको फेसबुक खाता देख्न सकिन्छ । दाहालको प्रेस नोटमा भनिएको छ, ‘ हाल सम्माननीय प्रधानमन्त्रीज्यूको व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक खाता सञ्चालनमा छैन ।’ उनले व्यक्तिगत फेसबुक र ट्विट्र एकाउन्ट  सञ्चालनमा नरहेको र तिनमा पोष्ट गरिएका कुनै पनि सामग्री प्रति विश्वस्त नरहन सबैमा आग्रह समेत गरेका छन् ।   उनले हाल प्रधानमन्त्रीको अफिसियल ट्विट्र एकाउण्ट @pm_nepal  मात्र सञ्चालनमा रहेको पनि  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप