शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुन्छः अध्यक्ष यादव

मङ्गलबार, १२ माघ २०७२, १७ : ००
मङ्गलबार, १२ माघ २०७२

काठमाडौ, माघ १२– संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मोर्चाको नाकाबन्दीसहितको आन्दोलनमा पुनर्विचार हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नाकाबन्दी भएको लामो समय भईसक्यो । यसले जनजीवन कष्टकर भइसक्यौ । आन्दोलन लामो भईसकेकोले अब स्वरुप परिवर्तन गर्नु पर्छ । दुई चार तीन दिनमा बस्ने मोर्चाको बैठकले माघ १८ गते पछिको आन्दोलनको कार्यक्रममा पुनर्विचार गर्ने सम्भावना छ । यसरी आन्दोलन गरेर भएन अब नयाँ ढंगले शसक्त बनाउनु पर्छ ।’ यादवले अबको आन्दोलन तराईमात्रै केन्द्रीत नभई पहाड र हिमालसम्म पुर्याएर राष्ट्रिय एकता कायम गर्ने दावी गर्दै आफूहरुले चलाएको अहिंसात्मक आन्दोलन असफल भए देश अर्को कोर्षमा जाने र त्यो बेला आन्दोलन आफूहरुको हातमा नरहने चेतावनी दिए । उनले बाहिर चर्चा भए जस्तो मधेस आन्दोलनको लागि महागठबन्धन निर्माणको योजना नरहेको स्पष्ट पार्दै भने,‘ मधेसमा नौ दलको गठबन्धन छदैछ त्यसमा अरु दललाई ल्याएर विस्तार गरे हुन्छ । महागठबन्धन निर्माणको आवश्यकता छैन ।’ नेपाल भारत सम्बन्धको चर्चा गर्दै उनले काठमाडौको सत्ता दिल्लीको समर्थनमा टिकिरहन र भारत पनि यहाँको सत्तालाई कज्याईरहन चाहने चरित्रको भएको भन्दै जनतावीचमा त्यसखाले सम्बन्ध भने नभएको तर्क गरे । उनले अहिलेको सत्ताले सत्ता टिकाउन अन्धोराष्ट्रबादलाई अगाडि बढाईरहेको भन्दै यसले कसैको पनि हित नगर्ने ठोकुवा गरे । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संसोधनकै आधारमा नाकाबन्दी खोल्ने स्थिति नबनेको भन्दै नाकाबन्दी खुल्ने प्रोपागाण्डा मच्चाउनुको तुक नभएको बताए । उनले अहिलेको संसोधनले आफूहरुको मागको एउटा विन्दु पनि छुन नसकेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्ने भए पनि अब मधेसी जनताको विचमा राखेर मात्रै अघि बढ्ने स्पष्ट पारे ।

सद्भावना पार्टीका सह महामन्त्री देबेन्द्र यादवले मधेसी जनताको भावना माथि कुठाराघात गरे एकतर्फी रुपमा ल्याईएको संविधान संसोधनको मधेसले कडा जवाफ दिने चेतावनी दिदै राज्यले दमन गरे पनि आन्दोलनको स्वरुपमा फेरबदल नहुने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप