शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीलाई सिभिल होम्सको पुरस्कार, घरहरु धमाधम विक्रि

मङ्गलबार, १२ माघ २०७२, १७ : ३६
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं– सिभिल होम्सले घर बिक्री एवं घर निर्माणमा लक्ष्य अनुसारका कार्य सम्पन्न गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीले संचालन गरेको फेज–५ सुनाकोठी र फेज–६ खुमलटारमा घर बिक्रीएवं घर निर्माण कार्यमा लक्ष्य अनुसारका कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई काम र मेहेनतको कदर स्वरुप एक समारोहकावीच सम्मान गरिएको हो । उनीहरुलाई सांसद् तथा सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङ्गले डाइमण्ड इन्सेन्टिभ प्रदान गरे ।

गत बैशाख १२ गते गएको बिनासकारी भूकम्पबाट हाउजिङ्ग क्षेत्रमा पारेको प्रभावले कतिपय संस्था उठ्न नसकेका बेलामा पनि सिभिलहोम्स्का घरहरु धमाधम विक्रि हुँदै आएको छ । सिभिलहोम्सले घरहरु राम्रो विक्रिहुनुलाई संस्थाप्रतिको विश्वासनै मूलकारण रहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप