शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ मोडलका जुत्ता बजारमा

मङ्गलबार, १२ माघ २०७२, १८ : ३८
मङ्गलबार, १२ माघ २०७२

काठमाडौं–विगत ४ वर्षदेखि नेपाली बजारमा आफनो उत्पादन विक्रि गरेर उपभोक्ताको मन जित्न सफल रन सुज इण्डष्टिज प्रा. लि ले नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । नयाँ मोडलका जुत्ताहरुमा पार्टी शुजका ११ मोडेल, क्याजुयल शुजका ३ मोडल र स्पोर्ट शुजका २ मोडल रहेका छन् । विशेषतः पार्टि शुजका नयाँ मोडलहरु माघ र फागुन महिनाको विवाह यामलाई लक्षित गर्दै बजारमा ल्याईएको कम्पनीले जनाएको छ । हाल विद्यमान राष्ट्रिय कठिनाईका बाबजुत बजारमा कसैको पनि खासै नयाँ उत्पादन नआईरहेको अवस्थामा रन शुज ले ग्राहक बर्गलाई मध्यनजर गर्दै नयाँ गुणस्तरीय र फेशनेबल जुत्ताका मोडलहरु बजारमा ल्याएको रन सुजका निर्देशक मुक्ती पनेरुले बताए । रन ब्राण्डका यी जुत्ताहरु विभिन्न उमेर समुहका व्यक्तिहरुलाई मध्य नजर गरि तयार गरिएको हुँदा बजारमा सजीलै बिक्रि हुने कम्पनीको दाबी छ । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध गराउन लागीएको कम्पनीले जनाएको छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ५९५ भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गर्दै आएको छ ।

हाल रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ । कम्पनीले गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आइ. एस. ओ. ९००१ः२००८ अवार्ड समेत प्राप्त गरिसकेको छ । कम्पनीले गत वर्ष देखि ठूलो परिमाण क्षमता भएको पी.यू. का जुत्ता तथा चप्पल उत्पादन गर्ने पी.यू. प्लान्ट स्थापना गरि दैनिक २ हजार जोर जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप