देश–विदेशको सयरमा १० लाख सकियो
जाजरकोट – एसियाली विकास बैंकको आर्थिक सहयोगमा संचालित ग्रामिण पुर्बाधार विकास तथा जीबिकोपार्जन सुधार कार्यक्रम (ड्रिल्पि) आयोजना जाजरकोटले देश–विदेश भ्रमणमा १० लाख खर्च गरेको छ । जिल्ला विकास समिति कार्यालय जाजरकोट अन्तरगतको यो आयोजनाले उक्त विकास बजेट देश÷विदेशको भम्रणमा खर्च गरेको पाइएको छ । आयोजनाले राजनिति दलका नेता, संघसंस्थाका प्रतिनिधी, पत्रकार, नागरिक अगुवा, कर्मचारीलाई खुशी पार्न भम्रण गराएको हो । आयोजनाले गत साता ३ दर्जनको जम्मो टोलीलाई सुदुरपश्चिमको बैतडी, डढेल्धुरा, भारतको नैनीताल लगायतका ठाउँहरुमा भ्रमण गराएको थियो । आयोजनाले भ्रमणकर्तालाई गाडी भाडा, होटलबास खर्च, खाजा खर्च, झोला, टोपी, भेष्ट, भत्ता लगायतमा १० लाख खर्च गरेको हो । बैतडी र डढेल्धुरामा संचालित ड्रिल्पी आयोजना अन्तरगत निर्माण भएका भौतिक संरचनाहरुको अवलोकन तथा सिकाईका लागि भ्रमण गराएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिीनियर जयराम श्रेष्ठले बताए । जिल्ला बाहिरका संरचनाबाट गरेको सिकाई यस जिल्लामा लागु गर्न भ्रमण भएको उनले बताए । भ्रमणको टोली जम्बो हुदा केहि समस्या आएको उनले बताए । आयोजनाले गराएको भ्रमण सम्बन्धमा विभिन्न क्षेत्रबाट टिकाटिप्पनी हुन थालेको छ । आयोजनाले गरीवको जिविकोपार्जन तथा भौतिक संरचना निर्माणमा खर्च गर्नुपर्ने रकम अनावश्यक रुपमा भ्रमण खर्च गरेको पत्रकार वद्री पन्तले बताए । ‘यो आयोजनाको बदमासी हो । कमिकमजोरी लुकाउन, सबैलाई खुशी पार्न मात्र भ्रमण गराएको पाईयो । यसको कुनै पनि उपलब्धि छैन,’ उनले भने । ‘आयोजनाको नम्समा विदेश भ्रमण गर्ने छैन होला,’ पन्तले थपे । अन्य जिल्लाका आयोजनाको अवलोकन गराउने निउमा नैनीताल सम्मको सयर गराएको उनले बताए ।
गरीव तथा विपन्न बर्गको जीवनस्तर सुधार गर्ने र पुर्वाधारको निर्माण गर्ने उदेश्यले जिल्लामा भित्रीएको बजेटमा भ्रमण खर्च गर्नु गैरजिम्मेवारी भएको पत्रकार पन्तको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण