नियमित विद्यालय आउनेलाई छात्रवृत्तिसहित मासिक २००
बुधबार, १३ माघ २०७२, १० : ४६
म्याग्दी– विद्यार्थी सङ्ख्या न्यून भएपछि म्याग्दीको एक विद्यालयले विद्यालयप्रति आकर्षित गर्न विद्यार्थीलाई छात्रवृत्तिसहित मासिक रुपमा नगद रु २०० प्रदान गर्न थालेको छ ।
सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटरको दूरीमा रहेको गलेश्वरमा अवस्थित जडभरत प्राविले नियमितरुपमा विद्यालयमा आउने विद्यार्थीलाई नगद रु २०० सहित अतिरिक्त सुविधाको व्यवस्था गरेपछि विद्यार्थीको सङ्ख्या पनि बढ्न थालेको छ ।
बेलायतमा कार्यरत खिम शेरचनबाट सङ्कलन गरिएको रु २० लाख विद्यालयको मुद्धतिमा राखेपछि विद्यार्थीलाई आकर्षण गर्न सजिलो भएको र विद्यार्थीको सङ्ख्या निरन्तर बढिरहेको विद्यालयका शिक्षक मनोज पौडेलले बताए ।
सुविधा स्थापना गरेपछि ५८ विद्यार्थी पुगेका छन् । नगदसहितको सुविधाका बारेमा जानकारी पाएपछि १० विद्यार्थी थप भएको विद्यालयले जनाएको छ ।
नियमित विद्यालयमा आउने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने छात्रवृत्तिबाहेक हाजिर हेरेर मासिक रु २०० उपलब्ध गराउने गरिएको छ । नयाँ शैक्षिक सत्रका लागि अहिलेदेखि विद्यालयले भर्नादर बढाउने गरी घरदैलो सहितको योजना बनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण