खोलाको बगरमा शव फेला
शनिबार, २९ पुस २०७४, ०८ : २७
कपिलवस्तु - खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी शुक्रबार बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।
घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका बाबाले जानकारी दिए । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ ।
अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने
-
भारतको कारखानामा विस्फोट हुँदा २ जनाको मृत्यु
-
चीनमा सडक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो
-
प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट
-
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट