राजीनामा फिर्ता लिए नारायणकाजीले
बिहीबार, १४ माघ २०७२, १८ : ५१
काठमाडौं – सरकार सञ्चालनका लागि एमाओवादीले गठन गरेको सरकार सञ्चालन समन्वय तथा सहयोग समितिको संयोजकबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजीनामा बुझाए पनि स्थायी समितिले राजीनामा अस्वीकृत गरेको छ । बिहिबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति तथा पार्टीका मन्त्रीहरुको संयुक्त बैठकले श्रेष्ठको राजीनामा अस्वीकृत गरेको हो । बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘ पार्टी उपाध्यक्षको हैसियतले समितिको नेतृत्व अध्यक्षले गर्नुपर्छ भनेर समितिबाट राजीनामा दिएको थिएँ । तर, राजीनामा फिर्ता गर्न स्थायी समितिहरु आग्रह गर्नु हुँदै यसको नेतृत्व मैले गर्नुपर्ने कुरा राख्नुभयो ।’ स्थायी समितिको आग्रहमा श्रेष्ठले राजीनामा फिर्ता लिएको जानकारी दिँदै अब सरकार सञ्चालनको काम प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण