एमालेका नेता सत्य नारायण यादवसहित १२ सय नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश
लहान– सिरहाको लहानमा बिहिबार एक कार्यक्रमका बीच एमालेका प्रभावशाली नेता सत्य नारायण यादवसहित विभिन्न पार्टीका १२ सय नेता तथा कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशी नेता एवं कार्यकर्ताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर मालासहित स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीका लागि बधाई दिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, केन्द्रीय सदस्य राजलाल यादव र युवा नेता विष्णु साह लगायतको उपस्थिति थियो । लहानमा आयोजितसभामा एमालेका केन्द्रीय नेता सत्य नारायण यादवको नेतृत्वमा हजारौं कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेको युवा नेता विष्णु साहले जनाएका छन् । पार्टी प्रवेशपछि सभालाई सम्बोधन गर्दै नवप्रवेशी नेता यादवले एमाले मधेश विरोधी, परिवर्तन विरोधी र नश्लवादी भएकोले पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेको बताए ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार र पहिचानको प्राप्ति नभएसम्म मधेश आन्दोलन नरोकिने बताएका छन् । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम र उत्पीडित समुदायलाई अधिकारबाट बञ्चित राख्न सरकार लागि परेको जिकिर गर्दै अध्यक्ष यादवले मधेशका सशक्त आन्दोलनका लागी तयार रहन आह्वान गरे । आन्दोलन रहर नभएको भन्दै सरकार र प्रमुख तीन वार्ता मार्फत् मुलुकलाई निकास दिन गम्भीर नरहेकोले आन्दोलनको विकल्प नरहेको यादवले जिकिर गरे । मधेशी, आदिवासी जनजाति, दलित, मुश्लिम लगायत सबै उत्पीडित र सीमान्तकृत जनतालाई अधिकार सम्पन्न नभएसम्म फोरम नेपालले संघर्ष जारी राख्ने अध्यक्ष यादवले उद्घोष गरे । यसअघि पुस १६ गते मात्रै सिरहाको लक्ष्मीपुरमा कांग्रेस, एमाले, एमाओवादी र राप्रपाका एक हजार बढी नेता कार्यकतार्हहरु सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए । अघिल्लो साता मात्रै पार्टी परित्यागको घोषणा गरेको भोलिपल्टै एमालेको निर्देशनमा नेता सत्य नारायण यादवलाई सिरहामा प्रहरीले चिया खादै गर्दा बिनाकारण निर्मम ढंगले कुटपिट गरेको पार्टीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण