पोखरामा हेलो सरकार : ११ दिनमा १ सय ४१ गुनासो, अधिकांश इन्धनको
पोखरा – पोखराका चिया पसल र विसौनीहरुमा यतिवेला हेलो सरकारको चर्चा छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरामा नागरिकको सिधै गुनासो राख्न पाउने गरी हेलो सरकार डेक्स स्थापना गरेको विहीवार ११ दिन पुगेको छ । यो अवधिमा यो हेलो सरकारमा गुनासो गर्नेको संख्या १ सय ४१ पुगेको पश्चिमाञ्चल हेलो सरकार डेक्सले जनाएको छ । डेक्स प्रमुख एवं उपक्षेत्रीय प्रशासक टेकवहादुर केसीका अनुसार हेलो सरकारमा आएका अधिक गुनासाहरु ग्याँस र पेट्रोल बारेमा छन् । त्यसपछिका गुनासोमा स्थानीय सरकार सँग रहेका छन् । नगरपालिकाको फोहोर मैला, पार्किङ शुल्क, शिक्षा सम्वन्धि नियमावलीका सवाल र विद्यार्थीले परिचय पत्रको आधारमा छुट नपाएका गुनासो लगायतका गुनासा रहेको डेक्स प्रमुख केसीले जानकारी दिएका छन् । हेलो सरकारमा परेका केही उजुरीहरु वैदेशिक रोजगारमा ठगी, खानेपानी, कर्मचारीले समयमा काम नगरेको जस्ता रहेका छन् । फेवाताल प्रदूषण, फिर्केखोला अतिक्रमण, लगायतका गुनासाहरु पनि हेलो सरकारमा दर्ता भएका छन् । हेलो सरकारको टोल फ्रि नंम्वर ११११, फ्याक्स नंम्वर ११०० र फोन नंम्वर ०६१–४६४८४१ मा यी गुनासो दर्ता भएको हेलो सरकार डेक्सका प्रतिनिधी प्रभाकर घिमिरेले वताए । हेलो सरकारमा परेका गुनासाहरु संवन्धित कार्यालयमा तत्काल जानकारी गराएर कतिपय गुनासाहरु अभिलेखिकरण गरी समाधान समेत भैसकेको जनाईएको छ । पोखरामा हेलो सरकार डेक्सको स्थापना यही माघ ३ गतेदेखि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण