मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध : सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ
हेटौँडा - पहिरोको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट आएका लामो दूरीका यातायात साधन आज बिहानदेखि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको छ । चितवनको मुग्लिन र अन्य स्थानमा गएको पहिरोबाट बन्द भएको कारण त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ प्रस्थान गर्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी पश्चिमबाट आएका सवारी साधन नारायणघाट हुँदै त्रिभुवन राजपथबाट काठमाडौँतर्फ प्रस्थान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडाले बताएको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा बिहिबार राती सडक अवरुद्ध हुन पुगेको थियो । अहिले राति ९ बजे खसेको पहिराका कारण अति व्यस्त सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास समेत सुरु गर्न सकिएको छैन । पहिरो रोकिएपछि मात्रै डोजर प्रयोग गर्ने जनाइएको छ । सडक अवरुद्ध हुँदा अहिले चितवनबाट पोखरा–काठमाडाँै जाने र आउने सवारी साधन बीच बाटामै अलपत्रमा परेका छन् । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ । राति समेत सडक बन्द हुँदा यात्रु प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजनाहरू इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण