आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१ सय २९ दिनपछि पहिलोपटक वीरगन्ज–रक्सौल नाकाबाट मालबाहक ट्रक नेपाल भित्रियो (फोटोफिचर)

शुक्रबार, १५ माघ २०७२, ११ : ५४
शुक्रबार, १५ माघ २०७२

वीरगन्ज – झण्डै साढे पाँच महिनादेखि ठप्प रहेको वीरगञ्ज रक्सौल नाका आज बिहान भने अघोषित रुपमा खुलेको छ । बिहान आठ बजे देखि १० बजे सम्म वीरगन्ज रक्सौल नाका खुलेको हो । संविधान र सीमांकनको विरोधमा रहेका मधेसी दलहरुले गत असोज सात गते देखि दशगजाको मितेरी पुलमा धर्ना दिएर ठप्प पार्दै आएको वीरगन्ज रक्सौल नाका आज बिहान भने दुइ घण्टाका लागि खुलेको थियो । बिहान नाका खुलेका बेला वीरगन्ज र रक्सौल दुवै तर्फबाट मालवाहक गाडीहरु ओहोर दोहोर गरेका थिए । बिहान आठ बजे तिर धर्ना स्थलमा दुइ जना मात्र आन्दोलनकारीहरु भएका बेला रक्सौलबाट मालसामान बोकेका पाच वटा नेपाली नम्बर प्लेटका ट्रकहरु वीरगन्ज छिरेका छन् ।

आन्दोलनकारीले धर्ना दिएको मितेरी पुलबाटै शुक्रबार बिहान भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँच वटा ट्रक वीरगन्ज प्रवेश गरेका हुन् ।रक्सौलबाट ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरको मालवाहक ट्रक वीरगन्ज आएका हुन् । यस्तै वीरगन्ज तर्फबाट पनि सात वटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् । वीरगन्जमा लामो समय देखि अलपत्र परेका एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् ।

बिहान साढे सात बजे देखि १० बजे सम्म जिप, कार लगायतका चार पाङग्रे साना सवारीसधानका साथै टयाम्पु , रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निर्वाध रुपमा वीरगन्ज रक्सौल ओहोर दोहोर गरेका थिए । बिहान रक्सौलबाट छिरेका मालवाहक ट्रक वीरगन्ज भन्सार कार्यालयमा रहेका छन् । धर्नामा आज बिहान आन्दोलनकारी संख्या कम भएको मौका छोपेर भारतबाट मालवाहक ट्रकहरु वीरगन्ज छिरेको धर्नामा बसेका पर्सा रामनगरीका विक्रम साह तेलीले बताए । 'बिहान धर्नास्थलमा हामी दुई जना मात्रै थियौ , धर्नामा बसेका तेलीले भयो, रक्सौलबाट अचानक ट्रकहरु आए , हामीले थोरै थियौ त्यसैले रोक्न सकेनौ ।'

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले आज बिहान रक्सौलबाट पाँच वटा मालसामान सहितको ट्रक वीरगन्ज भित्रिएको र वीरगन्जबाट सात वटा खाली भारतीय ट्रक रक्सौल तर्फ गएको बताए ।

साढे पाँच महिना पछि शुक्रबार बिहान केहि घण्टाका लागि खुलेको वीरगन्ज रक्सौल नाका मधेसी दलका नेता कार्यकर्ताहरुले फेरि ठप्प पारेका छन् । शुक्रबार बिहान साढे सात बजे देखि अघोषित रुपमा खुलेको वीरगन्ज रक्सौल नाका मधेसी दलका कार्यकर्ताहरुले बिहान १० बजे देखि फेरि ठप्प पारेका हुन् ।

संघीय समावेशी मधेसी युवा गठबन्धनका साथै मधेसी दलका नेता कार्याताहरुले मितेरी पुलमा बिहान १० बजेदेखि टायर बालेर प्रदर्शन गर्दै नाका फेरि अवरुद्ध गरेका हुन् । शुक्रबार बिहान रक्सौलबाट धर्नास्थल मितेरीपुल हुँदै मालसामान सहितका ट्रकहरु वीरगन्ज भित्रिए पनि आन्दोलनरत मधेसी दलका नेताहरुले भने वीरगन्ज रक्सौल नाका नखुलेको दाबी गरेका छन् । उनीहरुले नाकाबन्दी जारी नै रहेको बताएका छन् । यसअघि कार्तिक १६ गते प्रहरीले धर्नाकारीहरुलाई हटाएर भारतीय सवारी सीमापारी पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप