कलेज बंक गरेर सिनेमा हेर्न गएका ३१ विद्यार्थी प्रहरी नियन्त्रणमा
भक्तपुर – घरबाट विद्यालय तथा कलेज जान्छु भनेर गएका छोराछोरीलाई प्रहरी कार्यालयबाट लिन जानु पर्दा कस्तो होला ? तर, केही अभिभावक र शिक्षकहरुलाई भने माथिको घटना वास्तविकता बनेको छ । कलेज जान्छु भनेर पोशकमै सिनेमा हल पुगेर चलचित्र हेरेको पाइएपछि भक्तपुर प्रहरीले शुक्रबार बिहान विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानाक चलचित्र पशुपति प्रसाद र हिन्दी चलचित्र एयर लिफट हेर्न कलेजको पोशकमा सिनेमाहलमा गएका १० उच्च माविका ३१ जना विद्यार्थीहरुलाई कलेज पोशाकमा नै प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको सुर्यविनायक स्थित बाराही मुभिजमा गएका विभिन्न उच्चमाविका छात्र तथा छात्रालाई कलेजको पोशाकमै भेटीएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी शेखर खनालले बताए । पकाउ परेका छात्र तथा छात्रालाई सम्बन्धीत उच्चमाविका शिक्षक र अभिभावकको जिम्मा लगाएर छोडिने खनालले बताए । कलेज पोशाकमा नै सिनेमाहल पुगेका विद्यार्थीहरुमा भक्तपुरको श्री कृष्ण उच्च मावि, निकल्सन कलेज, ख्वप कलेज, पद्यम उच्च मावि, काठमाडौको काली देवि उच्चमावि, प्रिमियर कलेज, ब्रिज बाटर, ट्रिनिटी कलेज, ग्रीनविच कलेज, के एण्ड के कलेजका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण