अक्षयलाई उछिन्दै सलमान सबैभन्दा धेरै कर तिर्ने स्टार
नयाँ दिल्ली – अक्षय कुमारलाई पछि पार्दै सलमान खान सन् २०१५ मा अग्रिम कर बुझाउने बलिउड स्टार बनेका छन् । इन्कम ट्याक्स डिपार्टमेन्टका अनुसार सलमानले २० करोड रुपैयाँ अग्रिम कर बुझाएका छन् जबकी अक्षयले १६ करोड रुपैयाँ बुझाएका छन् । इनकम ट्याक्स अफिका अनुसार सलमान र अक्षयपछि रणवीर कपुर, शाहरुख खान र अमिताभ बच्चा आउँछन् । मुम्बाईको आइटी डिपार्टमेन्टले थर्ड क्वाटरसम्म सम्मको तथ्यांक सार्वजनिक गरेको हो । जनवरी देखि मार्चसम्मको तथ्यांक हेरेर पूरा आर्थिक वर्षमा कसले बढी कर तिर्यो भन्ने पत्ता लाग्नेछ । २० करोड अग्रिम कर बुझाएका सलमानको बजरंगी भाइजानले विश्वभर ६ सय करोड कमाएको थियो भने प्रेम रतन थप पायोले २ सय करोड कमायो । त्यस्तै १६ करोड बुझाएका अक्षयको सन् २०१५ मा बेबी, ब्रदर्स, गब्बर इज ब्याक र सिंह इज ब्लिङ्ग रिलिज भएको थियो जसले राम्रो आम्दानी गरेको थियो । हालै रिलिज भएको एयरलिफ्टले पनि राम्रै कामाई गरिरहेको छ । रणविरले १५ करोड रुपैयाँ अग्रिम करको रुपमा बुझाए भने शाहरुख खान र अमिताभ बच्चनले क्रमशः १४ करोड ८.७५ करोड बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण