बेष्ट रेमिटले पत्रकारलाई पुरस्कृत गर्ने
काठमाडौं – गैरआवासीय नेपालीहरुद्धारा प्रवद्धित नेपालको सर्वोत्कृष्ट रेमिट्यान्स कम्पनी बेष्ट रेमिट नेपाल प्रा.लिले यो वर्षबाट रेमिट्यान्सको विषयमा समाचार लेख्ने उत्कृष्ट संचारकर्मीलाई नगदसहित ‘बेष्ट पत्रकारिता पुरस्कार’ प्रदान गर्न आवेदन माग गर्दै प्रेश विज्ञप्ती सार्वजनिक गरेको छ ।
रेमिट्यान्सको विषयमा केन्द्रित रही समाचार प्रकाशन तथा प्रशारण गर्ने छापा माध्यमबाट १ जना, टेलिभिजनबाट १ जना, रेडियोबाट १ जना र अनलाइन संस्करणबाट १ जना गरी ४ जना संचारकर्मीहरुलाई जनही २५ हजार नगदसहित फागुन २५ गते नारी दिवसको अवसरमा पुरस्कार प्रदान गरिने बेष्ट रेमिटले जनाएको छ ।
‘बेष्ट पत्रकारिता पुरस्कार’ को अन्तिम छनौट गैरआवासीय नेपाली संघका प्रतिनिधी, नेपाल पत्रकार महासंघका प्रतिनिधी, नेपाल रेमिटर्स संघका प्रतिनिधि, वैदेशिक रोजगार उच्चस्तरीय सुधार समितिका प्रतिनिधी, नेपाल बैंकिङ इन्स्टिच्युटका प्रतिनिधी र बेष्ट रेमिट नेपालका प्रतिनिधी संलग्न पुरस्कार छनोट समितिले गर्ने विज्ञप्तीमा बताइएको छ ।
पुरस्कारका लागि विगत एक बर्षदेखि रेमिट्यान्सको विषयमा खोजमूलक, चेतनामूलक तथा ज्ञानवद्र्धक समाचार लेखेका पत्रकारलाई मात्र समाबेश गरिने बताउदै बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङले यस विषयमा आफुले लेखेको वा प्रशारण गरेको समाचार (कटिङ वा डिभिडी) सहित यही माघ मसान्तभित्र आफ्नो आवेदन दिन आग्रह गरेका छन् ।
आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक बर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिदै प्रवन्ध निर्देशक तामाङ भन्छन– ‘रेमिट्यान्सको विषयमा थप जनचेतना फैलाउन तथा सबैलाई बैंकिङ च्यानल प्रयोग गर्न प्रोत्साहन गर्ने संचारकर्मीहरुलाई सम्मान तथा थप हौसला प्रदान गर्न हामीले यो प्रयासको थालनी गरेका हौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण