घाइते सभासद शाहीलाई भेट्न प्रचण्ड अस्पतालमा
शुक्रबार, १५ माघ २०७२, १३ : ५२
काठमाडौं - सडक दुर्घटनामा परी घाइते हुनुभएका पार्टीका सभासद महेन्द्र शाहीलाई आज अध्यक्ष प्रचण्डले अस्पतालमा भेट गरेका छन्छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका सभासद शाहीलाई आज बिहान भेटी प्रचण्डले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
अस्पताल पुगेर प्रचण्डले दुर्घटनाको प्रकृति र उपचारका बारेमा पनि घाइते शाहीसँग जानकारी लिए । उनलेले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उपचारमा भईरहेको प्रगतिका बारेमा कुराकानी गरे । चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई उनको स्वास्थ्यस्थिति सुधारोन्मुख र खतरामुक्त रहेको बताए ।
माघ १२ गते काठमाडौंबाट पोखरा जाने क्रममा तनहुँको दमौलीमा सवारी दुर्घटनामा परी घाइते भएका एमाओवादी सभासद महेन्द्र शाही, उनकी छोरी सुर्जा र सुर्जाकी साथी रुकुम तकसेराकी माधवी बुढा घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण