माछापुच्छ्रे बैंक नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा
काठमाडौं – अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन माछापुच्छ्रे बैक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र माछापुच्छ्रे बैक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले माछापुच्छे« बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउने छ ।
अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ड पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण