सराङकोटपछि पर्वतमा प्याराग्लाइडिङ उडानको तयारी
पर्वत - पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सञ्चालनसँगै विस्थापित हुने अवस्थामा रहेको सराङकोटको प्याराग्लाइडिङ उडान पर्वतमा व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी भएको छ ।
विगत दुई सातायता पर्वतको आकासमा प्याराग्लाइडिङ उडान कार्य नियमित भएपछि व्यावसायिक रुपमै अघि बढाउन थालिएको हो । जिल्लाकै कुश्मा नगरपालिका अन्तर्गत दुर्लुङको सल्यानडाँडादेखि सदरमुकाम कुश्मा बजारको बडा गाउँचौरमा अवतरण हुने गरी उडान कार्य सञ्चालन भएको हो भने व्यवस्थापनका लागि जिल्ला प्याराग्लाइडिङ व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिका सदस्य विमल सुवेदीका अनुसार जिल्लामा प्याराग्लाइडिङ महोत्सव सञ्चालनको तयारी भइरहेको छ । बिहीबार ८ वटा प्याराग्लाइडिङको उडान भएको थियो । पाइलट नुरेन रानाले केही संरचनालाई व्यवस्थित गर्न सकेमा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने बताए ।
संरचना परिवर्तन हुने वित्तिकै व्यावसायिक उडानका लागि कम्पनीहरु आकर्षित हुने अवस्था छ । उद्योग वाणिज्य सङ्घ, पर्वत पर्यटन प्रवद्र्धन केन्द्र, जिविसले पनि केही वर्षदेखि निरन्तर रुपमा प्याराग्लाइडिङको उडान गराउँदै आएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण