भूकम्प पीडित खेल पत्रकारलाई सहयोग
काठमाडौं– नेपाल जुडो संघले भुकम्पबाट प्रभावित खेलकुद पत्रकारहरुलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । गत वैशाखको भूकम्पका कारण पुर्ण रुपमा घर क्षती भएका २० जना खेलकुद पत्रकारहरुलाई संघले जनही २५ हजारका दरले नगद सहयोग प्रदान गरेको हो । भुकम्पका कारण ज्यान गुमाएका पत्रकार सुमन भोम्जनको परिवालाई संघले पचास हजार नगद सहयोग गरेको छ । संघले नागरिक दैनिकका अजय फुयाल, ध्रुव तुलाधर, दिपेश तिमल्सिना, हिमालय टेलिभिजनकी सोनिका अर्याल, नेपाल समाचार पत्रका फिरोज राजोपाध्याय, द राईजिङ नेपालका अञ्जन खड्का, सुभाष हुमागाईं, द हिमालय टाइम्सका महेश आचार्य, अन्नपूर्ण पोष्टका गोविन्द रेग्मी, रातोपाटी डटकमका राजेश भण्डारी, सौर्य दैनिकका मनोज घिमीरे, दिलबहादुर तामाङ, नेपाल वानकी मोती आम्गाईं, समज्ञप्रसाद लाकौल, सौर्यका मनोज घिमिरे, अन्नपूर्ण पोष्टका दिपेन्द्र गुरुङ, सौर्यका अनिल मल्ल ठकुरी, नेपाल टेलिभिजनका प्रज्ज्वल शाक्य, प्रदीपमान सिंह तथा बीबीसी नेपाली सेवाका निरञ्जन राजवंशीलाई सहयोग उपलब्ध गराएको थियो । शानिवार त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरे । पहिलो चरणमा भूकम्पका कारण ज्यान गुमाएका जुडो खेलाडीका परिवार तथा दोश्रो चरणमा घर क्षति भएका जुडो खेलाडी तथा पदाधिकारीलाई संघले आर्थिक सहयोग गरेको थियो । खेलकुद परिषद्का सदस्य–सचिव विष्टले मानविय भावना ब्यक्त गरेकोमा जुडो संघलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण