अख्तियारविरुद्ध खनियो वाइसिएल, लोकमानको सम्पत्ती छानबिन गर्न माग
काठमाडौं– एमाओवादी निकट युवा दस्ता वाइसिएल नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध खनिएको छ । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अख्तियारविरुद्व आक्रामक रुपमा प्रस्तुत भएको वाइसिएलले अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की र अन्य सदस्यहरुको सम्पत्ती छानबिनको माग समेत गरेको छ ।
पत्रकार सम्मेलनमा वाईसिएलका अध्यक्ष आरसी शर्माले अख्तियार प्रमुख कार्की रायमाझी आयोगले दोषी ठहर गरेको व्यक्ति भएको भन्दै उनी अहिले पनि भ्रष्टहरुसँग हिमचिम गर्न सक्रिय भएको आरोप लगाए ।
उनले रायमाझी र मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत सरकारसँग माग गरे ।
उनले भने, ‘अख्तियारमा जोकोहीले मुद्दा दायर गर्न सक्छन् । तर, अख्तियार निश्पक्ष हुनुपर्योा । राजनीतिक प्रतिशोध साँध्ने काम नहोस् ।’
वाइसिएलले सरकारले ठोस कदम नचाले भ्रष्टहरुको सूची सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ ।
वाईसीएलले गत वैशाखमा गएको विनासकारी भूकम्पको पुनर्निर्माण अभियानमा आफ्ना १४ हजार स्वयंसेवक खटाउने घोषणा गरेको छ ।
सरकारले गठन गरेको पुनर्निर्माण प्राधिकरणको मागअनुसार नै स्वयंसेवक खटाउने वाईसीएलले निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिए ।
वाइसीएलले संगठन विस्तार एवं सुदृढीकरण अभियान चलाउने र तीन महिनामा १ लाख सदस्यता नवीकरण गर्ने समेत घोषणा गरेको छ । यस्तै वाईसीएलले पहिलो पटक एक लाखको कार्यकर्ता संरक्षण कोषसमेत खडा गरेको छ ।
प्रेस वक्तव्य
मिति २०७२ माघ १७
एैतिहासिक पृष्ठभूमि बोकेको तर पछिल्ला दुई वर्ष आन्तरिक संगठनात्मक काममा रहेको हाम्रो गौरवशाली संगठन वाईसिएल नेपालको यहि माघ ८–१० गते काठमाडौंमा सम्पन्न राष्टिय भेलाका निर्णयहरु सार्वजनिक गर्न गइरहेका छौ । मुलुक चरम संक्रमण र नयाँ संविधान कार्यान्वयनको एैतिहासिक घडिमा रहेको यस्तो अवस्थामा हिजो संविधानसभाको चूनावका पक्षमा खेलेको भुमिका आममा स्मरण नै छ । हिजो संविधानसभाका पक्ष र विपक्षमा मतभेद जारी रहेजस्तै भरखरै जारी नयाँ संविधान कार्यान्वयन गर्ने र गर्न नदिने अवस्थाकाबिच करिब उस्तै अवस्थामा हामी हाम्रो संगठनको दायित्वलाई नजरअन्दाज गर्नै नसक्ने मात्रै होईन एकिकृत नेकपा माओवादीले गरिरहेको समाजवादी क्रन्तिको तयारीमा संगठनको काँधमा आएको जिम्मेवारीलाई समेत कर्तव्यवोध गरीरहेका छौं । संगठनको प्रथम राष्टिय भेला तथा पहिलो तथा दोस्रो केन्द्रिय समितिका निर्णयहरु सार्वजनिक गर्न चाहन्छौं ।
राष्टिय भेलाबारे ः गत माघ ८–१० गते काठमाडौंको जडिबुटीस्थित कोटेश्वर पार्टी प्यालेसमा सम्पन्न प्रथम राष्टिय भेलाले १५१ सदस्यिय केन्द्रिय समिति निर्बाचित गर्नुको साथै १७ सदस्यिय पदाधिकारी निर्बाचित गरेको छ । भेलामा प्रस्तुत संगठनको विधान परिमार्जन तथा संगठनको नीति तथा कार्यक्रमसमेत सोही राष्टिय भेलाले पारित गरेको आधारमा संगठनको पहिलो तथा दोस्रो बैठक तथा पदाधिकारी बैठकले गरेका निर्णयहरुको सार संक्षेप निम्न छन् –
अभियानबारे ः संगठनले ‘संगठन सूदृढिकरण तथा विस्तार जागरण’ नामक ३ महिने अभियान संचालन गर्ने छ । यस अभियान अन्तर्गत १ लाख भन्दा बढी सक्रिय सदस्यता नविकरण, इकाइदेखि प्रदेश कमिटिसम्मको भेला, सम्मेलन तथा बैठक एंव प्रशिक्षणमार्फत गठन÷पूनर्गठन लगायतका कार्यक्रम रहेका छन् । यस अभियानको नेतृत्व केन्द्रिय समितिले गर्नेछ ।
सघर्षबारे ः संविधान कृयान्वयनको सक्रमण तथा भारतीय नाकाबन्दीका कारण देशमा चरम कालाबजारी, भ्रष्टाचार तथा दण्डहिनताको अवस्थालाई ख्याल गर्दै हाम्रो संगठनले निम्न सघर्षका कार्यक्रमहरु संचालनमा ल्याउने छ – –कालाबजारी तथा महंगीका विरुद्ध संगठनले देशभर सशक्त कदम उठाउने छ । कालाबजारी भईरहेको सुचना संकलन गर्ने र राज्यको सम्बन्धित निकायमा खबरदारी गर्ने छ भने राज्य उदाशिन रहेमा जनसहयोगद्धारा कालाबजारी नियन्त्रण गर्न जनता जगाउन लागि पर्नेछ । – सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागी भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान नै छेडिनेछ । यसअघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुको साथै भ्रष्टाचारीहरुको सुचि समेत सार्वजनिक गरिनेछ । – भ्रष्टाचार नियन्त्रण निकाय अख्तियार अनुसन्धान आयोगले पछिल्लो समय नियन्त्रणप्रति देखावटी प्रचार गरेपनि खास भ्रष्ट तथा तस्करहरुको मुख्य संरक्षणमा आयोगका उच्चपदस्थहरु नै लागिपरिरहेको कुरामा हाम्रो संगठनलाई गम्भिर आशंका मात्रै होईन तस्कर तथा भ्रष्टहरु भनेर समाजले चिनेका मानिसहरुसँग ति उच्चपदस्थहरुको हिमचिमले आयोग आफैको विश्वसनियताप्रति प्रश्न उठ्न गएको छ अत आयोगले यसबारेमा आम मानिसहरुमा स्पष्ट पर्नु जरुरी छ । – मल्लिक आयोग तथा रायमाझि आयोग लगायतका आयोगहरुको प्रतिवेदनका आधारमा दोषीहरुलाई कडाभन्दा कडा कारवाही गर्न र नगरेमा हाम्रो संगठन भण्डाफोर गर्न वाध्य हुने कुराको हेक्का सम्बन्धित निकायलाई गराउँदछ । – भ्रष्टाचारी तथा तस्करी जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्ने निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख नै रायमाझि आयोग दोषी रहनु र हाल पनि भ्रष्टहरुसँगको हिमचिम तथा सम्बन्धप्रति हाम्रो संगठनलाई गम्भिर सन्देह छ । अत अख्तियार प्रमुख लगायतका अन्य आयुक्तहरुको समेत तत्काल सम्पक्ति सार्वजनिक गर्न आग्रह गर्दछ । – समाजमा हुने विभिन्न विकृति, विसंगति तथा समाजविरोधी गतिविधिको हाम्रो संगठनले डटेर प्रतिवाद एंव प्रतिरोध गर्नेछ । – हाम्रो संगठन जनयुद्धकालिन मुद्धाहरुलाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्ने बृहत शान्ति सम्झौताको मर्मप्रति आज पनि प्रतिबद्ध छ । राजनीतिक युद्धमा भएका दूर्घटनाजन्य घटनाहरुलाई हत्या तथा अपराधसँग दाजेर दोषी ठहर्याउने रबैयाप्रति घोर आपक्ति व्यक्त गर्नुका साथै तत्कालै यस्ता कार्य नरोकिए देशभरका अदालतहरुमा जनयुद्धकालमा जनताप्रति गरिएको बर्बर घटनामा मूछेर मुद्धा दर्ता गर्ने अभियान संचालन गरिने चेतावनि दिन चाहन्छ । साथै सम्मानित अदालतलाई समेत बृहत शान्ति सम्झौताको मर्म विपरित द्धन्दकालिन मुद्धाहरु ब्यूउँताउने कार्य रोक्न सार्वजनिक अपिल गर्दछ । – युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनिका ठगी प्रकरण, विदेश पठाईसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्ने रबैया निन्दनिय मात्रै होइन अत्यन्तै गम्भिर प्रकृतिका छन् । यसबारे हाम्रो संगठनले निर्णायक कदम चाल्ने छ । सामाजिक उत्तरदायित्वबारे ः – हाम्रो संगठनले राजनीतिक दायित्वसँगै सामाजिक सेवा तथा उत्तरदायित्वलाई उत्तिकै महत्वका साथ हेर्नेछ । – गत बैशाखको भूकम्पलाई लक्षित गरी सरकारले चलाउने पूननिर्माण योजनामा हाम्रो संगठन भूकम्पप्रभावित १४ जिल्लामा १४ हजार स्वंयमसेवक परिचालन गर्ने एैतिहासिक घोषणा गर्दछ । स्वंयमसेवकहरु पूनर्निर्माण प्राधिकरणले माग गरे अनुसार र स्वतन्त्ररुपमा समेत परिचालन हुने व्यहोरा समेत आममा जानकारी गराईन्छ । (स्वंयमसेवक परिचालनबारे पूनर्निर्माण प्राधिकरणलाई समेत हाम्रो संगठनले परिचालन गर्ने जनशक्तिको दक्षताबारेसमेत लिखित रुपमा अनुरोध गरिनेछ) तर सरकारी पूनर्निर्माणको योजना, दाताको सहयोग र स्वंयमसेवकको परिचालन कार्यविधिमा पारदर्शीताको माग गर्दछ । – सामाजिक अभियान अन्तर्गत ७ वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय लगायतका सार्वजनिक सहकार्यका कार्यालयहरुमा स्वंयमसेवकिय भूमिका निर्वाहा गर्नेछ । – राष्टिय तथा स्थानिय पर्वहरु, उत्सव तथा महोत्सवहरु, दूर्घटना तथा प्राकृतिक विपक्तिहरुमा समेत स्वंयमसेवकहरु परिचालन गर्नका लागि टिमबद्धता, तालिम तथा प्रशिक्षणहरुको व्यवस्था गरिनेछ । युवा स्वरोजगार तथा विदेश पलायनबारे ः – युवाहरुको विदेश पलायनबारे हाम्रो संगठन गम्भिर छ । अत विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सृजना गर्नका लागी राष्टि उद्योगहरु संचालन गर्न हाम्रो संगठन सरकार तथा राष्टिय पूँजिपतिसँग अनुरोध गर्दछ । साथै आफैबाट सुरु गर्ने उदेश्यका साथ स्वदेशी उत्पादनको क्षेत्रमा संगठन तथा यूवा व्यवसायिको साझेदारीमा ३ महिनाभित्र १ हजारभन्दा बढी युवाहरुलाई रोजगार बनाउने घोषणा समेत गर्दछ । – स्वदेशमै रोजगारीको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै युवाहरुलाई विभिन्न शिपमुलक स्वदेशी तथा विदेशी तालिम र शिपविकास कार्यक्रमहरुमा संगठनले ध्यान दिनेछ । साथै प्रारम्भको ३ महिनामा १ हजारभन्दा बढी युवाहरुलाई विभिन्न तालिम तथा शिपविकास कार्यक्रमहरुमा सहभागी गराउने प्रण गर्दछ । संरक्षण कोषबारे ः – संगठनले प्रथम राष्टिय भेलाबाट १ लाख जम्मा गरी कार्यकर्ता संरक्षण कोष खडा गरेको छ भने बृद्धि गर्दै लगिने छ । यो कोषको रकमबाट आपतकालिन उद्धार, नेता कार्यकर्ताहरु दूर्घटनामा पर्दा औषधी उपचार लगायतका विषयमामात्रै खर्च गरिनेछ ।
क्रान्तिकारी अभिवादन सहित !
दीपशिखा आरसी शर्मा महासचिव अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण