शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

शिला आलेको स्वरले घन्कियो क्यालिफोर्निया (भिडियोसहित)

आइतबार, १७ माघ २०७२, १४ : ३१
आइतबार, १७ माघ २०७२

क्यालिफोर्निया- चर्चित लोक गायिका शिला आलेले अमेरिकाको क्यालिफोर्निया स्थित सन्नीभेल शहरमा साँगीतिक धमाका प्रस्तुत गरिन् । जनवरी ३० तारिखका दिन आयोजना गरिएको सन्नीभेल रमाझमा साँझमा शिलाले आफ्ना चर्चित गीत प्रस्तुत गरिन् ।

केही महिना अगाडी साँगीतिक कार्यक्रमका लागि अमेरिका आएकी गायिका आलेले उक्त कार्यक्रममा स्थानिय गायकहरूलाई दोहोरीमा साथ दिईन् । गायक गायिकालाई पनि दर्शकले साथ दिंदै संगीतको तालमा मज्जैले झुमे । नेपाली स्वादिष्ट खानको स्वाद लिंदै गायिका आलेको गीतमा रमाउन पाउँदा दर्शक निकै खुशी देखिएका थिए ।

गायिका आलेलाई गायक कृष्ण श्रेष्ठ, टिका पुन, नारायण खनाललगायतले साथ दिएका थिए भने स्थानिय बालबालिकाहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

https://www.youtube.com/watch?v=sArMoDRtfeo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप