शाे बढाउँदै चलचित्र ‘गौँथली’
सारांश
- चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ र दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ ।
- दोस्रो सातामा चलचित्रकाे शाे र दर्शक संख्या बढेका छन्, जसमा महिला दर्शकको संख्या उल्लेख्य छ ।
- चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौँ । चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गर्न सफल भएको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्र पहिलो साता उत्कृष्ट व्यवसाय र दर्शकको सकारात्मक प्रतिक्रिया सहित दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा आउँदा चलचित्रकाे शाे र चलचित्रमा दर्शक समेत बढेका छन् । चलचित्रले पहिलो साता कति कमायो भन्ने साेमबार बक्सअफिस सार्वजनिक भएपछि थाहा हुनेछ ।
`हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रूपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ´, निर्देशक कपिल रिजालले भने, `तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदै छ ।´
सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांशले शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ । पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ ।
कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौँ उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् । दर्शकले मौलिका चलचित्र भन्दै तारिफ गरिरहेका छन् । एउटै परिवारबाट १०,१५ जनासम्मले चलचित्र हेरिरहेका छन् । हलमा पुरुषको भन्दा महिलाको संख्या उल्लेख्य रूपमा बढी देखिने गरेको छ ।
चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण