सरकारले जडान गर्ने भयो ७१० किलोमिटर सडकमा सौर्य बत्ती
काठमाडौं–सरकारले देशभरका नगर क्षेत्रका ७१० सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने भएको छ ।स्थानीय विकास मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत सौर्यवत्ती जडान गर्न लागेको जानकारी दिए ।
सरकार, स्थानीय निकाय र जनताकोसमेत लगानीमा सौर्यवत्ति जडान गर्न लागेको जानकारी दिँदै थापाले त्यसका लागि यसवर्ष १ अर्ब रुपैयाँ खर्च गरिने जानकारी दिए । नगरपालिका तथा गाँउ विकास समितिको क्षेत्रमा सौर्य सडक वत्ति जडान गरी रात्रीको समयमा समेत आर्थिक कृयाकलाप सञ्चालन गर्न सक्ने वातावरण सृजना गर्न तथा आवागमनलाई सहज, सरल र सुगम बनाउदै सुरक्षामा सहयोग प्रदान गर्न नवीकरणीय उर्जाको प्रयोगबाट वर्तमानमा परेको विद्युतीय भार घटाउने, समुदायमा आधारित सडक बत्ति कार्यक्रमको माध्यमबाट समुदायको अपनत्व वोध गराउदै जाने र सहर तथा नगरउन्मुख क्षेत्रको सौन्दर्यता प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप कार्य गर्न मन्त्रिपरिषद्को माघ ८ गतेको निर्णयबाट ‘जनसहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम’को कार्यविधि स्वीकृत भएको थियो । सो कार्यविधि अनुरुप कार्यक्रम कार्यान्वयनबाट राष्ट्रिय प्रसारण लाइनबाट सञ्चालित होलोजिन बत्ति, सि.एफ.एल. ल्याम्प, भ्यापर ल्याम्प लगायतका वत्तिलाई सौर्य सडक बत्तिको माध्यमबाट क्रमशः प्रतिस्थापन गर्दै जाने मन्त्रालयको भनाई छ ।
कार्यक्रम स्थानीय आवश्यकताको आधारमा माग भएका सबै जिल्लामा चरणवद्ध रुपमा कार्यान्वयन जाने छ भने महानगरपालिका क्षेत्रमा नेपाल सरकारबाट६० प्रतिशत, स्थानीय निकायबाट२५ प्रतिशत, उपभोक्ताबाट १५ प्रतिशत र महानगरपालिका वाहेकको अन्य स्थानीय निकायहरुको हकमा नेपाल सरकारबाट६५ प्रतिशत, स्थानीय निकायबाट२० प्रतिशत, उपभोक्ताबाट १५ प्रतिशत लागतव्यहोर्ने गरी कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सहसचिव पूर्णचन्द्र भटृराईले जानकारी दिए ।
अति विपन्न बस्तीको हकमा नेपाल सकारबाट ७० प्रतिशत, स्थानीय निकायबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत लागत सहभागिता रहने छ भने संस्थागत योगदानमा कार्यक्रम सञ्चालन हुने भएमा सरकारबाट ७० प्रतिशत र संस्थागत योगदान ३० प्रतिशत लगानीमा कार्यक्रम सञ्चालन हुने उनको भनाई छ । यसैबीच कार्यक्रमको समन्वय, सहजीकरण तथा मार्गदर्शन गर्न केन्द्रमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री वा उनले तोकेको राज्य मन्त्री वा सहायक मन्त्री संयोजक रहने गरी १३ सदस्यीय केन्द्रीय कार्यक्रम समन्वय समिति गठन गरिएको छ । कार्यक्रम सञ्चालन गर्दा प्राविधिक पक्षमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नवीकरणीय उर्जा परीक्षण केन्द्रबाट आवश्यक सहयोग र समन्वय गर्ने ब्यवस्था मिलाइएको छ । स्वीकृत कार्यविधि अनुरुप सौर्य सडक बत्ति जडान गर्ने कार्यमासरोकारवाला सबै निकाय, स्थानीय उपभोक्ता, नागरिक समाज लगायत सबैको सक्रिय सहयोग, समन्वय र सहकार्यका लागि पनि मन्त्रालयले अपील गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण