भ्रष्टाचारको विरुद्धमा युवा
आइतबार, १७ माघ २०७२, १५ : ०३
विर्तामोड– समाजमा बढ्दो भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदै आएको युवा जमातको सञ्जाल बागेश्वरी असल शासन क्लबको झापामा पनि शाखा विस्तार गरिएको छ ।
शनिबार विर्तामोडमा आयोजित एक भेलाले झापा जिल्ला कार्य समिति गठन गर्दै शाखा विस्तारको घोषणा गरिएको हो ।
नवगठित समितिको अध्यक्षमा राजेन्द्र खनाल चयन भएका छन् भने उपाध्यक्षमा कविराज चाम्लिङ रहेका छन् । त्यस्तै, समितिको सचिवमा सिर्जना घिमिरे, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा युमा राई रहेका छन् ।
समितिको सदस्यहरुमा सेलिङ के.सी., विराट किराती, गौरव पोखरेल, योगप्रसाद भट्टराई, जयन्ती आचार्य, दृष्टिका खनाल, गीता संगम राई र सुस्मिता पोखरेल रहेका छन् ।
नवगठित समितिको पहिलो वैठकपछि शाखालाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता र केन्द्रीय समितिमा आबद्ध गराउने तयारी रहेको अध्यक्ष खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण