जहाँ कलाको सधैं सम्मान हुन्छ (फोटोफिचरसहित)
काठमाडौं–नेपाली संगीत क्षेत्रका प्रसिद्ध गायक तथा संगीतकार नातीकाजी श्रेष्ठको सम्झनामा स्थापित नातिकाजी संगीत पुरस्कार हरेक बर्ष झै आइतबार राजधानीमा एक समारोहकाबीच वितरण गरियो ।
नेपाली गीत संगीतको प्रवद्र्धन र संगेतिक क्षेत्रका श्रष्टाहरुको कदर र सम्मानका लागि २०६२ सालमा स्थापना भएको नातिकाजी स्मृती समाजले २०६४सालदेखि पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । नातिकाजी विशिष्ठ श्रष्टा सम्मानद्वारा सारदाविक्रम बस्नयातलाई सम्मानित गरिएको थियो । एल पि श्रेष्ठ,इन्दिरा श्रेष्ठ,प्रेमविनोद नन्दन,श्रीपुरुष ढकाललाई नातिकाजी विशेष संगीत सम्मानद्वारा विभुषित गरिएको थियो भने दीप श्रेष्ठ,शिलाबहादुर मोक्तान,उषा शेरचनलाई नातिकाजी संगीत पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नाजिकाजी युवा संगीत पुरस्कार गायक विश्व नेपालीलाई दिइएको थियो । साथै व्यावसायी ध्रुवकुमार श्रेष्ठ,सुनिल शर्मा र ठाकुरप्रसाद ढुंगानालाई प्रंशसा पत्र समेत प्रदान गरिएको थियो । २००७ सालमा रेडियो नेपालको स्थापनापछि पनि रेडियोबाट हिन्दी गित संगीत र गजलहरु बज्थे । रेडियोमा नेपाली गीत संगीतको अभाव खड्कीरहेको बेलामा नातिकाजी श्रेष्ठले तारादेवि, अरुणा लामा,कोइलीदेवि,गोपाल योञ्जन र भक्तराज आचार्यजस्ता दिग्गज गायक गायिकाहरुसंग मिलेर नेपाली संगीतलाई विश्वमाझ पुर्याए । उनका गीतहरु नेपाली श्रोताले मात्रै होइन भारतको सिक्किम, दार्जलिड्ड, कुमाउ, गढवाललगायत भुटानमा समेत धेरै छन् । २०६० साल कार्तिक १६ गते नातिकाजी श्रेष्ठको काठमाडौंको चावहीलमा स्वगारोहण भएको थियो । गीतको क्षेत्रमा मात्रै होइन नातिकाजीले संगीतकारको रुपमा समेत लामो समय नेपाली गीत संगीतलाई योगदान दिएका छन् । उनले मनको बाँध,सिन्दुरलगायत चलचित्रमा संगीत दिए ।
उनका धेरै गीतिनाटकहरु पनि प्रशिद्ध छन् । उनले आधुनिक, लोक, भजन,र राष्ट्रियगीत समेत गरेर २ हजार भन्दा धेरै गीतहरुमा संगीत भरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण